गोरखा – जिल्ला अदालत गोरखाले कैद सजाय सुनाएका १ जना फरार अभियुक्तलाई गोरखा प्रहरीे पक्राउ गर्न सफल भएको छ ।
अदालतले गौ बध मुद्दामा फरार भएका बारपाक सुलिकोट गाउँपालिका ७ का बिकास सार्कीलाई आज पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।
सार्कीलाई अदालतले १ बर्ष कैद सजाय तोके लगत्तै फरार भएका थिए । पक्राउ परेका सार्कीलाई आजै जिल्ला अदालतमा फैसला कार्यान्व्यनका लागि पठाइएको कार्यालयले जनाएको छ ।




















