गोरखा – गोरखाको ४ स्थानिय तह र गोरखा अस्पतालमा गरिएको एन्टिजेन परिक्षणका क्रममा शुक्रबार १३ जनामा संक्रमण देखिएको छ । आजै पीसीआर प्रविधिबाट गरिएको परिक्षणमा थप ४ जनामा पनि संक्रमण देखिएको छ ।
गोरखा अस्पताल, गण्डकी, आरुघाट, धार्चे र अजिरकोट गाउँपालिकामा गरिएको एन्टिजेन परिक्षणका क्रममा १३ जना र पीसीआर परिक्षणबाट धार्चेका थप ४ जनामा संक्रमण देखिएको स्वास्थ्य कार्यालय गोरखाले पुष्टी गरेको हो ।
एन्टिजेन परिक्षण गर्दा संक्रमण देखिएकाहरुमा गोरखा अस्पतालमा १ महिला र २ पुरुष, गण्डकी गाउँपालिकामा १ महिला र ४ पुरुष र आरुघाट गाउँपालिकामा २ जना पुरुषमा संक्रमण देखिएको छ ।
त्यस्तै गरी धार्चे गाउँपालिकामा २ जना पुरुष र अजिरकोट गाउँपालिकामा १ जना महिलामा पनि संक्रमण देखिएको कार्यालयले जनाएको छ । शुक्रबार ५ स्थानमा ४ महिला र १८ जना पुरुषमा एन्टिजेन परिक्षण गरिएको थियो ।
कार्यालयका अनुसार शुक्रबार सम्म जिल्लाको विभिन्न स्थानिय तहमा २६३ जना सक्रिय संक्रमित रहेका छन् ।




















