झापा – नेकपा एमाले झापाका नेता ज्ञानुराम प्रसाईको कार दुर्घटनामा परी मृत्यु भएको छ । बा १६ च ८१८२ नम्बरको कार दुर्घटनमा परी गम्भीर घाइते भएका प्रसाईंलाई मेची अस्पताल भद्रपुर लगिएकोमा चिकित्सकहरुले मृत्त घोषित गरेका थिए ।
शुक्रबार बिहान करिब ११ः३० बजेतिर भद्रपुर ९ स्थित चारआली–चन्द्रगढी सडक खण्डको देवकोटा चोकमा कार दुर्घटनामा परेको झापा प्रहरीले जनाएको छ ।
कार प्रसाईं आफै चलाएको नियन्त्रण गुमाउदा देवकोटाको शालिकमा ठोक्किएर दुर्घटनामा परेका थिए ।




















