काठमाण्डौं — नेपाल सरकारले चीनसँग खरिद गरेको मध्ये ८ लाख डोज भेरोसेल खोप आज काठमाण्डौं आइपुगेको छ ।
शुक्रबार बिहान नेपाल वायुसेवा निगमको विमान मार्फत उक्त खोप त्रिभूवन अन्तराष्ट्रिय बिमान स्थलमा आईपुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
उत्त खोप आजै पोखरा, हेटौडा र बुटवला लैजाने तयारी भई रहेको पनि मन्त्रालयले जनाएको छ । खोप कुन उमेर समूहलाई दिने भन्ने बिषयमा सरकारले निर्णय नगरेको भएता पनि विज्ञहरुले भने ५५ वर्षमाथिका सबै नागरिकलाई खोप दिन सुझाव दिएको छ ।
अब प्रत्येक साता चरणबद्ध रुपमा चीनबाट नेपाल खोप ल्याइने भएको छ ।




















