मुग्लिन – बुधबार राती देखी अबरुद्व मुग्लिन–नारायणगढ खण्ड आज बिहान देखी एकतर्फी रुपमा सञ्चालनमा आएको छ ।
भरतपुर महानगरपालिका २९ को सेतीदोभानमा बुधबार राती खसेको पहिरो पन्छाएसँगै सवारी आवागमन पुनः सञ्चालन आएको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले जनाएको छ ।
सेती दोभान क्षेत्रमा बुधबार राति १० बजे गएको पहिरोका कारण अवरुद्ध मुग्लिन–नारायणगढ सडक अबरुद्व हुदै आएको थियो । कार्यालयका अनुसार शुक्रबार आज बिहान ५ः३० देखि एकतर्फी सञ्चालनमा आएको छ ।
सो स्थानमा केही साता देखी वर्षा हुनासाथै पहिरो जाने र सडक अवरुद्ध हुँदै आएको छ ।




















