गोरखा – गोरखाको ३ स्थानिय तहमा आज थप ५ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । गोरखा नगरपालिका, गोरखा अस्पताल, अजिकोट र सिरानचोक गाउँपालिकामा गरी थप ५ जनामा संक्रमण देखिएको स्वास्थ्य कार्यालय गोरखाले पुष्टी गरेको हो ।
संक्रमण देखिएका मध्ये एन्टिजेन परिक्षणबाट ४ जना र पीसीआर परिक्षणबाट १ जनामा संक्रमण देखिएको कार्यालयले जनाएको छ ।
कार्यालयले आज उपलब्ध गराएको रेकर्ड अनुसार एन्टिेजनबाट संक्रमण देखिएकाहरुमा गोरखा अस्पताल र अजिरकोट गाउँपालिकामा १-१ जना महिला र अजिरकोट र सिरानचोक गाउँपालिकामा १-१ जना पुरुषमा देखिएको छ ।
त्यस्तै गरी गोरखा नगरपालिकामा आज १ जना पीसीआर परिक्षणका क्रममा संक्रमित देखिएको छ ।
आज गोरखा अस्पताल सहित ३ स्थानिय तहमा ११ जना महिला र १४ जना पुरुषमा एन्टिजेन परिक्षण गरिएको थियो । त्यस्तै गरी आजै जिल्लाभर १२ जनाको पीसीआर संकलन गरिएको छ ।
जिल्लामा बिहीबार सम्म २५५ जना सक्रिय संक्रमित रहेको पनि कार्यालयले जनाएको छ ।




















