काठमाण्डौं – नोबल कोरोना भाइरस (कोभिड–१९)बाट आज नेपालमा १ हजार ८७५ जनामा संक्रमण पुष्टि भएको छ ।
देशको विभिन्न प्रयोगशालामा गरिएको ५ हजार ३७४ पीसीआर र ५ हजार १३० जना गरी १० हजार ५०४ जनामा गरिएको परिक्षणका क्रममा थप १ हजार ८७५ जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टी गरेको हो ।
आज संक्रमण देखिएका सहित नेपालमा संक्रमितहरुको कुल संख्या ६ लाख ९२ हजार ८४९ जना पुगेको छ । साथै आज देश भरको विभिन्न स्थानिय निकायमा रहेका १ हजार २८६ जना कोरोना मुत्त भएका छन् । यो सहित नेपालमा कोरोनाबाट मुक्त हुनेको संख्या ६ लाख १५ हजार ६१३ पुगेको मन्त्रालयले जनाएको छ ।
पछिल्लो २४ घन्टामा कोरोना संक्रमणबाट थप २९ जनाको मृत्यु गएको छ । योसहित नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ९ हजार ३२० पुगेको छ ।





















