साँकेतिक तस्बिर
गोरखा – गोरखाको बारपाक सुलिकोट गाउँपालिकामा ८५ प्रतिसत घरधुरीमा खानेपानीको पहुँच पुगेको छ ।
गाउँपालिकाको ‘एक घर, एक धारा’ कार्यक्रम अन्र्तगत पालिका भित्रका घरहरुमा खानेपानीको पहुँच पु¥याइएको गाउँपालिका अध्यक्ष बिष्णुप्रसाद भट्टले बताए ।
पालिकाले आगामी आर्थिक बर्षसम्ममा ९० प्रतिसत घरधुरीमा खानेपानीको पुहँच पु¥याउने लक्ष्य राखेको छ ।
गाउँपालिकाले आगामी आर्थिक बर्षका लागि सार्वजनिक गरेको नीति तथा कार्यक्रममा पालिका भित्र खानेपानीको पहुँच बिस्तारका योजनाहरु राखेको उल्लेख गरेको छ ।




















