गोरखा – गोरखा मालपोतले बार अनुसार पालिकाको काम गर्न सुरु गरेको छ । कोरोना महामारी संगै बन्द रहेको कार्यालयले सामान्य कामहरुलाई बार अनुसार पालिकाको काम गर्न थालेको हो ।
कार्यालयले एक सूचना नै जारी गर्दै राजिनामा, हालैको बकसपत्र, शेष पछिको बकसपत्रका साथै बैंकमा राखिएका जग्गा रोक्का फुकुवाको काम थालेको छ ।
जस अनुसार आइतबार र सोमबार गोरखा नगरपालिका, आरुघाट र धार्चे गाउँपालिकाको काम हुने गरेको छ भने मंगलबार र बुधबार पालुङटार नगरपालिका, सिरानचोक र गण्डकी गाउँपालिकाको कामहरु गर्न थालेको कार्यालयले जनाएको छ ।
त्यसतै गरी बिहीबार र शुक्रबार भने बाँकी रहेको भिमसेन थापा, शहिद लखन, बारपाक सुलिकोट र अजिरकोट गाउँपालिकाको काम हुने छ ।
कोरोना महामारीका कारण कार्यालयमा भिडभाड नगरी काम गर्न यस्तो उपाय अपनाइएको हो ।
कार्यालयले तत्कालकालागि भने नामसारी (मुद्वा सम्बन्धी सम्पूर्ण), अंश वण्डा तथा अंश बुझेको भरपाईको काम भने केही समय पछि थाल्ने तयारी गरेको छ ।




















