तनहुँ – तनहुँको म्याग्दे गाउँपालिका–४ मा खोलाले बगाएर बिहीवार १ जना बेपत्ता भएका छन् । स्थानीय अन्दाजी ४० वर्षीय मैत नेपाली खोलाले बगाएर बेपत्ता भएका छन् ।
म्याग्दे खोला तर्ने क्रममा नेपालीलाई बगाएको स्थानीय नुत्त भुजेलले जानकारी दिनुभयो । बुधवार रातिदेखि परेको अविरल वर्षाका कारण बढेको खोलाले बगाएका नेपालीको खोजीकार्य जारी रहेको उहाँले बताउनुभयो ।
प्रहरी र स्थानीयले उहाँको खोजी शुरू गरेको उहाँले बताउनुभयो।
रासस




















