काठमाण्डौं – हाइटीका राष्ट्रपतीको हत्यामा संलग्न भएको आंशका गरिएका मध्ये प्रहरी कारवाहीमा ४ जनाको मृत्यु भएको छ । २ जनालाई प्रहरीले नियन्त्रणमा लिन सफल भएको छ ।
राष्ट्रपती जोभिनल मोइसको हत्या गरेको आशंका गरिएका मध्ये हाइटी प्रहरीको कारवाहीमा ४ जनाको घटना स्थलमा नै मृत्यु भएको हो । अन्य २ जनालाई भने प्रहरीले सकुशल नियन्त्रणमा लिन सफल भएको हो ।
बुधबार राष्ट्रपती मोइस घरमा नै आराम गरिरहेका बेला हत्या गरिएको थियो । प्रहरीले हत्याराहरुको समूहलाई ब्यापक रुपमा खोजी रहेको छ ।
संभावित अपराधीहरु लुकी बसेको स्थानमा प्रहरीले ठुलै अप्रेशन जारी राखेको छ । हाइटी प्रहरीले राष्ट्रपतीको हत्यामा संलग्नलाई त्यसै छाडन नसकिने बताएको छ । उनीहरुलाई कि पक्राउ गरिन्छ होइन भने मारिन्छ एक उच्च प्रहरी अधिकारीले भने ।
घटनामा राष्ट्रपतीका श्रीमती समेत घाईते भएकी छिन । उनको उपचार जारी छ ।




















