काठमाण्डौं – नेपाल सरकारले चीनसँग खरिद गरेको पहिलो खोप लिन नेपाली जहाज आज चीन जादै छ । ४० लाख डोजको मध्ये पहिलो चरणमा १० लाख मात्रा खोप शुक्रबार नेपाल आउँदै आउने छ ।
‘नन डिस्क्लोजर एग्रिमेन्ट’ अन्तरर्गतको पहिलो खेप खोप लिन नेपाल बायुसेवा निगमको जहाज बिहीबार चीन प्रस्थान गर्ने निगमले जनाएको छ ।
अब आउने खोप ६० वर्षमुनिका नागरिकले पाउने छन् । सरकारले चीनबाट भेरोसेल खोप खरिदका लागि सम्झौता गरेको थियो ।
स्वास्थ्य मन्त्रालयका अनुसार हालसम्म चीनबाट मात्रै १८ लाख मात्रा खोप प्राप्त भएको छ । यो सबै चीनले नेपाललाई अनुदानमा उपलब्ध गराएको थियो ।




















