साँकेतिक तस्बिर
तनहुँ – जिल्लाको बन्दीपुरमा बाढीले ६ घर बगाएको छ । बुधबार रातिदेखि परेको पानीले गाउँपालिका २ स्थित खहरे खोलामा आएको बाढीले आसपास रहेका ६ घर बगाएको हो ।
पालिकाका अध्यक्ष पूर्णसिं थापाका अनुसार बाढी आउन सक्ने भन्दै पहिले नै ति घरका मानिसहरुलाई अन्य स्थानमा स्थानान्तरण गरिएकोले मानविय क्षति भने हुन पाएन ।
पानीका कारण डुम्रे–बन्दीपुर सडकखण्ड अवरुद्ध भएको छ ।




















