काठमाण्डौँ – लोकसेवा आयोगले राष्ट्रिय वाणिज्य बैंक लिमिटेडका लिखित परीक्षाहरु रद्द गर्ने निर्णय गरेको छ ।
बैंकले २०७५ साल चैतमा निकालेको विभिन्न विज्ञापन अन्तरगतका सबै लिखित परीक्षाहरु आयोगद्वारा रद्द गर्ने निर्णय गर्दै सूचना समेत प्रकाशित गरेको हो ।

परीक्षा रद्द गर्न राष्ट्रिय वाणिज्य बैंक कर्मचारी संघका अध्यक्ष हेमराज सुवेदीले सर्वोच्च अदालतमा रिट निवेदन दिएका थिए । उक्त रिटमाथि सुनुवाए गर्दै सर्वोच्चले कर्मचारी पदपूर्ति सम्बन्धमा भए गरिएका कामकारबाहीहरू अमान्य र बदर घोषित गरेको थियो । २०७७ मंसिर १७ मा सर्वोच्चले दिएको फैसलाको कार्यान्वयन गर्दै आयोगले परीक्षा रद्द गरेको हो ।
अदालतको आदेशपछि यही असार २१ मा बसेको आयोगको बैठकले आन्तरिक, खुला तथा समावेशीतर्फका सबै लिखित परीक्षाहरू रद्द गर्ने निर्णय भएको आयोगद्वारा सूचनामा उल्लेख छ ।




















