गोरखा – गोरखाको ५ स्थानिय तहमा आज थप १४ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । जिल्लाको गोरखा र पालुङटार नगरपालिका तथा गण्डकी, आरुघाट र चुमनुब्री गाउँपालिकामा गरी थप १४ जनामा संक्रमण देखिएको स्वास्थ्य कार्यालय गोरखाले पुष्टी गरेको हो ।
संक्रमण देखिएका मध्ये ३ जना पीसीआर परिक्षणबाट र ११ जना एन्टिजेन परिक्षणबाट देखिएको कार्यालयले जनाएको छ ।
कार्यालयले आज उपलब्ध गराएको रेकर्ड अनुसार आरुघाट गाउँपालिकामा १ जना महिला र २ जना पुरुष पीसीआर परिक्षण गर्दा संक्रमित देखिएका हुन ।
त्यस्तै गरी गोरखा नगरपालिकामा १ जना महिला र २ जना पुरुष, पालुङटार नगरपालिकामा ३ जना पुरुष, गण्डकी गाउँपालिकामा १ जना महिला, आरुघाट गाउँपालिकामा २ जना महिला र १ जना पुरुष र चुमनुब्री गाउँपालिकामा १ जना महिला एन्टिजेन परिक्षणका क्रममा संक्रमित देखिएका छन् ।
जिल्ला भर आज ७ जना महिला र २७ जना पुरुषको पीसीआर संकलन गरिएको छ । आजै ५ वटा स्थानिय तहमा ३८ जना महिला र ४५ जना पुरुषको एन्टिजेन परिक्षण गराईएको थियो ।
आजै ८ जना महिला र १५ जना पुरुषको पीसीआर परिक्षणको रिर्पोट प्राप्त भएको पनि कार्यालयले जनाएको छ । जिल्ला भरको विभिन्न स्थानिय तहमा बुधबार सम्ममा २७१ जना सक्रिय संक्रमित रहेको कार्यालयले जनाएको छ ।




















