एजेन्सी – नेदरल्याण्ड्सका चर्चित पत्रकारमाथि गोली प्रहार भएको छ । प्रहरीका अनुसार मंगलबार राजधानी आम्स्टर्डमको सडकमा क्राइम रिपोर्टर पिटर आर डे भ्रिसमाथि गोली प्रहार भएको हो ।
उनको स्वास्थ्य अवस्था गम्भीर रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।
स्थानीय सञ्चारमाध्यमका अनुसार डेभ्रिसमाथि ५ पटक गोली प्रहार गरिएको थियो । डेभ्रिस टेलिभिजन स्टुडियोबाट बाहिरिएको केही समयमा नै उनीमाथि गोली प्रहार भएको थियो ।
प्रहरीले यस घटनाबारे अनुसन्धान भइरहेको बताएको छ । डेभ्रिसले यसअघि विभिन्न मुद्दामा गरेको खोज रिपोर्टिङको विषयलाई लिएर उनीमाथि ज्यान मार्ने धम्की आउने गरेको थियो ।




















