गोरखा – गोरखा नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत दिनेशराज पन्तलाई कोरोना संक्रमण पुष्टी भएको छ ।
कार्यालयका अन्य कर्मचारीहरुमा संक्रमण देखिए पछि कन्ट्याक्ट ट्रेसिङमा परेका पन्तको आज एन्टिजेन मार्फत परिक्षण गर्दा संक्रमण पुष्टी भएको नगरपालिकाको स्वास्थ्य शाखाले पुष्टी गरेको हो ।
उनी संगै नगरपालिकामा नै काम गर्ने लेखा शाखाका १ जना कर्मचारीमा पनि संक्रमण देखिएको शाखाले जनाएको छ ।




















