काठमाण्डौं – नेकपा माओवादी केन्द्र दर्ता खारेजीको माग गर्दै आज निर्वाचन आयोगमा निवेदन दर्ता भएको छ ।
पुष्पकमल दाहाल अध्यक्ष रहेको दल दर्ता खारेजीको मागसहित आयोगमा निवेदन दर्ता भएको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले बताए ।
माओवादीका केही पूर्वनेताहरूले बुधबार माओवादी केन्द्र खारेजीको माग गर्दै आयोगमा निवेदन दर्ता गराएको आयोगले जनाएको छ । निवेदनमा पार्टी प्रचलित कानून र विधानसम्मत नचलेको भन्दै दर्ता खारेज गर्न माग गरिएको छ ।
अधिवक्ता सरोज बुढाथोकीको नामबाट निवेदन दर्ता भएको आयोगले जनाएको छ ।




















