एजेन्सी – दक्षिण कोरियामा कोरोना संक्रमितहरुको संख्या फेरी बढ्न थालेका छन् । समाचार संस्था सिन्ह्वाले जनाए अनुसार त्यहाँ गएको २४ घन्टा यता मात्रै पनि ठुलो संख्यामा सङ्क्रमितहरु फेला परेको स्वास्थ्य अधिकारी जानकारी दिएका छन् ।
कोरियामा केही दिनयता सङ्ंक्रमितहरु बढ्न थाले संगै चौथो लहर आउन सक्ने अनुमान गरिएको छ ।
कोरियामा अबका केही दिनमा गर्मी मौसमको विदा शुरु हुदै छ । विदाको पूर्व सन्ध्यामा यहाँ सङ्क्रमितहरु बढ्न थालेपछि चौथो लहर आउन सक्ने त्रास बढेर गएको पनि सिन्ह्वाले जनाएको छ ।
दक्षिण कोरियामा पछिल्लो २४ घन्टामा १ हजार २१२ जना सङ्क्रमित फेला परेका छन् । योसँगै संक्रमितको संख्या १ लाख ६२ हजार ७५३ जना पुगेको बताइएको छ । स्वास्थ्य अधिकारीहरुका अनुसार गएको ६ महिनापछि यति धेरै संख्यामा सङ्क्रमित भेटिएको बताएका छन् ।




















