काठमाण्डौं – नेकपा एमालेको जारी विवाद टुंग्याउन बसेको कार्यदलको बैठक आज पनि भोलीकालागि बस्ने गरी सकिएको छ ।
सिंहदरबारमा बसेको कार्यदलको बैठकले आन्तरिक विवाद समाधानका लागि सकारात्मक मोड लिएको भन्दै भोलि पुनः ११ः०० बजे बस्ने गरी बैठक सकिएको हो ।
एमालेको विवाद समाधान निष्कर्षउन्मुख भएको र भोलिको बैठकले टुंगीन सक्ने बार्ता टोलीमा सहभागी एक नेताल दाबी गरे ।
एमालेको कार्यदलमा पार्टी अध्यक्ष केपी शर्मा ओलीका तर्फबाट सुवास नेम्वाङको संयोजकत्वमा विष्णु पौडेल, शंकर पोखरेल, प्रदीप ज्ञवाली र विष्णु रिमाल छन्। खनाल–माधव नेपालका तर्फबाट भीम रावलको संयोजकत्वमा घनश्याम भुसाल, गोकर्ण विष्ट, सुरेन्द्र पाण्डे र रघु पन्त सदस्य छन् ।




















