गोरखा – उत्तरी गोरखाको सामागाउँमा कार्यरत एक प्रहरी जवान असार १ गतेदेखी सम्र्पक बिहीन भएका छन् ।
कञ्चनपुर जिल्ला बेलकोट नगरपालिका २ घर भएका प्रहरी जवान मोहनसिंह कुवर यही असार १ गते देखी सम्र्पक बिहीन भएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको हो ।
घर बिदा गएर गोरखाको सामागाउँ प्रहरी चौकीमा जान साउन १ गते निश्किएका कुवर आजसम्म पनि कार्य क्षेत्रमा पनि नपुगेको र सम्र्पक पनि नआएको कार्यालयले जनाएको छ ।
धार्चे गाउँपालिकाको तातोपानी क्षेत्र सम्म पुगेका उनी त्यस पछि भने कहाँ गए अहिले सम्म कुनै अत्तोपत्तो नलागेको कार्यालयले जनाएको छ ।
कुवरको प्रहरीले ब्यापक रुपमा खोजी गरिरहेको छ । ‘आरुघाटको प्रहरी निरिक्षकको कमाण्डमा प्रहरी टोलीनै परिचालन गरेर खोजबिन भई रहेको’ जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी उपरिक्षक शेखर खनालले बताए ।




















