लमजुङ – लमजुङमा आज एक महिला मृत्त अवस्थामा फेला परेकी छिन् । मध्ये नेपाल नगरपालिका ८ को राजबजार स्थित मादी खोला किनारमा महिलाको शव फेला परेको लमजुङ प्रहरीले पुष्टी गरेको हो ।
मृत्त महिला कास्की जिल्ला मादी गाउँपालिका ९ मुग्रे बेशी बस्ने ३५ बर्षिया कल्पना अधिकारी भएको प्रहरीले जनाएको छ ।
घटनाको बिषयमा प्रहरीले अनुसन्धान सुरु गरेको छ ।




















