तनहुँ – तनहुँमा पौडी खेल्ने क्रममा करेन्ट लागेर १ बालक घाईते भएको छ । ब्यास नगरपालिका १० कुमालटार बस्ने १२ बर्षिय सन्जिव दरैलाई पौडी खेल्ने क्रममा करेन्ट लाग्दा घाईते भएको तनहुँ प्रहरीले जनाएको छ ।
बालक दरै मादी खोलामा किनारमा पौडी खेल्ने क्रममा बिद्युतको पोल ढली नदीमा पर्दा करेन्ट लागेको थियो ।
घाईते बालकको रत्नहरी अस्पतालमा उपचार भई रहेको प्रहरीले जनाएको छ । बिद्युतको पोल कसरी ढल्यो भन्ने बिषयमा अनुन्धान भई रहेको प्रहरीले जनाएको छ ।




















