काठमाण्डौ – निषेधाज्ञा खुकुलो भए संगै देशैभर संक्रमण दर उच्च देखिन थालेको छ । मंगलबार देशै भर थप २ हजार ६३४ जनामा संक्रमण पुष्टि भएको छ ।
विभिन्न प्रयोगशालामा गरिएको ७ हजार ५०३ जनाको पिसिआर परीक्षणबाट १ हजार ७१८ जना र ५ हजार ८२ जनाको गरिएको एन्टिजेन परीक्षणबाट ९१६ जना गरि आज कुल २ हजार ६३४ जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टी गरेको हो ।
आज संक्रमण देखिएको सहित नेपालमा संक्रमितहरुको कुल संख्या ६ लाख ८७ हजार ९९५ जना पुगेको छ । साथै आज देशै भरको विभिन्न स्थानिय तहमा रहेका मध्ये १ हजार ५६५ जनाले कोरोना जित्न सफल भएका छन् । यो सहित नेपालमा कोरोना जित्नेको सख्ंया ६ लाख १२ हजा।र ९९४ जना पुगेको छ ।
पछिल्लो २४ घन्टामा संक्रमणबाट थप १५ जनाको मृत्यु भएको छ । योसँगै संक्रमणबाट मृत्यु हुनेको संख्या ९ हजार २६३ जना पुगेको छ ।





















