काठमाण्डौं – नेकपा एमालेको आन्तरिक विवाद समाधानका लागि गठित कार्यदलको बैठक भोली बस्ने गरी सकिएको छ ।
सिंहदरबारस्थित अर्थ मन्त्रालयमा बसेको बैठकमा विवादित विषयमा बुँदागत छलफल भए संगै पुनः भोली बैठक बस्ने गरी टुंगिएको हो ।
कार्यदलमा प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओलीका तर्फबाट सुवास नेम्वाङ, विष्णु पौडेल, प्रदीप ज्ञवाली, विष्णु रिमाल र शंकर पोखरेल छन्।यस्तै वरिष्ठ नेता माधव नेपालका तर्फबाट भीम रावल, घनश्याम भुसाल, गोकर्ण विष्ट, रघुजी पन्त र सुरेन्द्र पाण्डे छन् ।




















