काठमाण्डौं – सार्वजनिक खरिद अनुगमन कार्यालयले सार्वजनिक खरिद ऐन विपरित कार्य गर्ने १५ वटा ठुला निर्माण व्यवसायीरफर्महरू लाई कालो सूचीमा राखेको छ ।
सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६३ को उपदफा १ बमोजिम सम्झौतामा उल्लेखित व्यवस्था र तोकिएको आचरण विपरीत कार्य गर्ने निर्माण व्यवसायी र फर्महरूलाई कालोसूचीमा राखिएको हो ।

बिभिन्न सार्वजनिक निकायबाट लेखि आए बमोजिम चार वटालाई २ वर्ष सम्म र ११ वटालाई १ वर्षका लागि कालो सूचीमा राख्ने निर्णय भएको कार्यालयद्वारा आज जारी गरिएको सूचनामा उल्लेख गरिएको छ ।
कारवाहीमा परेका ति फर्महरुले अब सार्वजनिक निकायको कुनै पनि खरिद प्रक्रियामा भाग लिन पाउने छैनन् ।




















