चितवन – चितवनको ब्रह्मस्थानी सामुदायिक वनमा मृत फेला परेकी सुजिता भण्डारीको शव पोष्टमार्टमकालागि राजधानी लगिएको छ ।
घटनाको शुष्म अध्ययन गरिरहेको प्रहरीले शव पोष्टमार्टमकालागि राजधानीको शिक्षण अस्पताल लगिएको हो । पोष्टमार्टमको रिपोर्टबाट सविता भण्डारीको मृत्युको कारण खुल्ने प्रहरीले जनाएको छ ।
प्रहरीले मंगलबार खोजीको क्रममा भण्डारीको शव भएको २० मिटरको पेरीफेरीमा उनले प्रयोग गर्दै आएको मोबाईल फोन समेत फेला पारेको छ । फोनमा सिम कार्ड निकालीएको अवस्थामा फेला परेको र मेमोरीकाड भने रहेको चितवन प्रहरीले जनाएको छ ।
राप्ती ३ निवासी २३ बर्षिय भण्डारी असार ११ गतेदेखी हराइरहेकी थिइन् । उनको शव आइतबार राप्ती नगरपालिका वडा नम्बर ३ स्थित ब्रम्स्थानी सामुदयिक वनमा स्थानियले च्याउ टिप्न जादा फेला परेर प्रहरीलाई खबर गरेका थिए ।




















