गोरखा – केही दिन अगाडी पहिरोमा परेर ज्यान गुमाएका सिरानचोकमा एक परिवारलाई गाउँपालिकाले आर्थिक सहयोग गर्ने भएको छ ।
असार १८ गते शुक्रबारका दिन जिल्लाको सिरानचोक गाउँपालिका ७ उपल्लो गोहोरेमा पहिरोले घर पुरिदा ८० बर्षका रमन पाण्डे र उहाँकी श्रीमती ६८ बर्षका नन्दुकुमारी पाण्डेको मृत्यु भएको थियो । मृत्तक परिवारलाई गाउँपालिकाले सहयोग स्वरुप ५० हजार रुपैयाँ राहात उपलब्ध गराउन लागेको पालिका अध्यक्ष राजु गुरुङले जानकारी दिए ।
गुरुङले शोक बक्तव्य नै जारी गर्दै पिडित परिवारलाई पालिकाको तर्फबाट ५० हजार रुपैया राहात उपलब्ध गराउने जानकारी गराएका हुन् । शोक बक्तव्यमा घटनाका पिडित परिवार प्रति समवेदना ब्यक्त गर्दै विपद्का बेला सहयोग गर्ने रेडक्रस श्रीनाथकोट उपशाखा, इलाका प्रहरी कार्यालय जौवारी, स्थानीय विपद् प्रतिकार्य समुह र स्थानीय समुदायलाई धन्यबाद समेत दिइएका छन्।





















