गोरखा – गोरखाको ५ स्थानिय तहमा आज थप ४१ जनामा संक्रमण पुष्टी भएको छ । गोरखा नगरपालिका, गण्डकी, आरुघाट, शहिद लखन र भिमसेन थापा गाउँपालिकामा गरी ४१ जनामा संक्रमण देखिएको स्वास्थ्य कार्यालय गोरखाले पुष्टी गरेको हो ।
कार्यालयले आज उपलब्ध गराएको रेकर्ड अनुसार सोमबार संक्रिम भएका मध्ये २२ जना महिला र १९ जना पुरुषहरु रहेका छन् ।
आज संक्रमण देखिएका ४० जना भने एन्टिजेन प्रविधिबाट स्वाब परिक्षण गर्दा देखिएको कार्यालयले जनाएको छ । एन्टिजेन गरिएका मध्ये गोरखा नगरपालिकामा ६ जना महिला र ५ जना पुरुष, गोरखा अस्पतालमा १ जना महिला र २ जना पुरुषमा संक्रमण देखिएको छ ।
त्यस्तै गरी गण्डकी गाउँपालिकामा ९ जना महिला र ७ जना पुरुष, आरुघाट गाउँपालिकामा १-१ जना महिला र पुरुषमा र भिमसेन थापा गाउँपालिकामा ५ जना महिला र ३ जना पुरुषमा संक्रमण देखिएको छ ।
यता पीसीआर प्रविधिबाट प्राप्त रिर्पोटमा शहिद लखन गाउँपालिकामा १ जना पुरुषमा संक्रमण देखिएको कार्यालयले जनाएको छ ।
सोमबार विभिन्न गाउँपालिकामा गरी कुल सक्रिय संक्रमीतहरुको संख्या २५४ रहेका छन् ।
आज गोरखा नगरपालिकामा १८ जना पुरुष र १३ जना महिला, गोरखा अस्पतलामा ७ जना महिल र ११ जना पुरुष, गण्डकी गाउँपालिकामा १६ जना महिला र १२ जना पुरुष, आरुघाट गाउँपालिकामा ३ जना महिला र ५ जना पुरुष र भिमसेन थापा गाउँपालिकामा ८ जना महिला र ५ जना पुरुषको एन्टिजेन मार्फत स्वाब परिक्षण गरिएको हो ।




















