काठमाण्डौं – नोबल कोरोना भाइरस (कोभिड–१९)बाट आज थप २ हजार ६२२ जनामा संक्रमण पुष्टि भएको छ ।
देशको विभिन्न प्रयोगशालामा गरिएको ७ हजार ४९९ पीसीआर परीक्षण गर्दा १ हजार ७४५ र ४ हजार २८ एन्टिजेन परीक्षण गर्दा ८७७ गरी २ हजार ६२२ जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टी गरेको हो ।
सोमबार थपिएको कोरोना संक्रमितहरु सहित नेपालमा संक्रमितहरुको संख्या ६ लाख ८५ हजार ३६१ जना पुगेको छ । आजै मात्रै देशैभरको विभिन्न स्थानित तहमा रहेको २ हजार २११ जना संक्रमणबाट मुक्त भएका छन् । यो सहित संक्रमणबाट मुक्त हुनेहरुको संख्या ६ लाख ११ हजार ४२९ जना पुगेको मन्त्रालयले जनाएको छ ।
यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट २३ जनाको मृत्यु भएको छ । योसंगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ९ हजार २४८ जना पुगेको छ ।





















