गोरखा – गोरखा नगरपालिका १४ को गोप्लीङ र तनहुँको आँबुखैरेनी गाउँपालिका २ को एक्लेफाँट जोड्ने झोलुङ्गे पुलको लठ्ठा काटिएको छ ।
असार १८ गते मस्र्याङदी नदीमा आएको बाढीले तनहुँ तर्फको पुलको जिपमा क्षति पुर्याए पछि झनै खतरा भएको भन्दै तनुहँु तर्फको जिपको लठ्ठा काटिएको जिल्ला प्रसासन कार्यालय तनहुँका निमित्त प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले जानकारी दिए ।
पुल नदीमा डुवेको र पुल मुनीका बस्तीलाई थप जोखिम भएको भन्दै प्रशासनले झोलुङ्गे पुलको लठ्ठा काट्नका लागि अनुमती दिएको हो ।
पुल भत्किएपछि गोप्लीङ फाँटका किसानहरुले आफुले उत्पादन गरेको तरकारी अहिले मस्र्याङदी पावर हाउसको ड्याम हुदै मार्किचोक लैजानु परेको गुनासो गरे । पुल हुदा ५ मिनेट हिड्ने बित्तिकै राजमार्ग पुगिन्थ्यो अहिलो आधा घण्टा हिडदा पनि पुग्न मुस्कील छ एक स्थानियले गुनासो गरे ।झोलुङ्गे पुलको लठ्ठा काटियो
गोरखा – गोरखा नगरपालिका १४ को गोप्लीङ र तनहुँको आँबुखैरेनी गाउँपालिका २ को एक्लेफाँट जोड्ने झोलुङ्गे पुलको लठ्ठा काटिएको छ ।
असार १८ गते मस्र्याङदी नदीमा आएको बाढीले तनहुँ तर्फको पुलको जिपमा क्षति पुर्याए पछि झनै खतरा भएको भन्दै तनुहँु तर्फको जिपको लठ्ठा काटिएको जिल्ला प्रसासन कार्यालय तनहुँका निमित्त प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले जानकारी दिए ।
पुल नदीमा डुवेको र पुल मुनीका बस्तीलाई थप जोखिम भएको भन्दै प्रशासनले झोलुङ्गे पुलको लठ्ठा काट्नका लागि अनुमती दिएको हो ।
पुल भत्किएपछि गोप्लीङ फाँटका किसानहरुले आफुले उत्पादन गरेको तरकारी अहिले मस्र्याङदी पावर हाउसको ड्याम हुदै मार्किचोक लैजानु परेको गुनासो गरे । पुल हुदा ५ मिनेट हिड्ने बित्तिकै राजमार्ग पुगिन्थ्यो अहिलो आधा घण्टा हिडदा पनि पुग्न मुस्कील छ एक स्थानियले गुनासो गरे ।