चितवन – ९ दिन देखी बेपत्ता सुजिता भण्डारीको शव मृतावस्थामा फेला परेको छ । जिल्लाको राप्ती नगरपालिका ३ निवासी २३ वर्षीया भण्डारीको शव आईतबार साँझ स्थानीय ब्रह्मस्थाानी सामुदायिक वनमा फेला परेको हो ।
असार ११ गते बिहान ६ बजे साथीको घर जाने भनेर हिँडेकी सुजिता सोही दिनदेखि वेपत्ता भएकी थिइन । उनले सोही दिन १२ बजे आफ्नी दिदीलाई फोन गरेर अपहरणमा परेको बताएको परिवारका सदस्यले बताउँदै आएका छन् ।
स्थानियले जङ्गलमा च्याउ टिप्न गएका बेल सुजाताको शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । शव गलेको अवस्थामा फेला परेकोे छ ।
वनको बीचमा एउटा झाङमा अड्किएको अवस्थामा शव फेला परेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारी अनुसार शव नजिकै बोतलमा सेतो पदार्थ भेटिएको छ ।




















