एजेन्सी – फिलिपिन्समा आइतार भएको सैनिक विमान दुर्घटनामा परेर मृत्यु हुनेको संख्या ५० पुगेको छ ।
फिलिपिन्सको रक्षा मन्त्रालयले जनाए अनुसार सैनिक विमान हवाई मैदानमा अवतरण गर्नेक्रममा आइतबार दुर्घटनाग्रस्त भएको थियो । आइतबार नै कम्तीमा पनि १७ जनाको मृत्यु भएको भएता पनि सोमबार सम्ममा थप अन्यको मृत्यु हुदा ५० जना पुगेको फिलिपिनो सरकारले जनाएको छ ।
सैनिक विमान दुर्घटना हुदा सैनिक बाहेक पनि अन्य मानिसहरु घाइते भएका थिए । ती घाइतेमध्ये केहीको मृत्यु भएपछि फिलिपिन्सको रक्षा मन्त्रालयले जानकारी दिएको हो ।
सी–१३० हर्कुलस विमानमा ९२ जना सवार रहेका बताइएको छ । सुलु प्रान्तको जोलो द्वीपस्थित विमानस्थलमा अवतरण गर्नेक्रममा नजिकैको आवासीय क्षेत्रमा आइतबार मध्याह्न विमान दुर्घटनाग्रस्त भएको हो ।
स्थानीय सञ्चारमाध्यमहरुमा प्रशारित दृष्यहरु र प्रकाशित तस्बिरमा दुर्घटनाग्रस्त विमान भुँइमा बजारिएसँगै आगलागी भएको देखिएको छ । विमान दुर्घटनाग्रस्त भएको नजिकै घरहरु माथि बाक्लो कालो धुँवा पनि ती दृष्यमा देखिएको थियो ।
दुर्घटनामा परेर मृत्यु हुनेमा ४७ जना सैनिक ३ जना गैर सैनिक नागरिक रहेका छन् ।




















