काठमाण्डौं – श्रीमतीलाई मुङग्रो प्रहार गरी हत्या गरेको आरोपमा वेलबारी नगरपालिका ७ का अम्बिका घिमिरेलाई प्रहरीले पक्राउ गरेको छ । आफ्नी श्रीमती सीता घिमिरेलाई मुङ्ग्रोले प्रहार गरी हत्या गरेको अभियोगमा श्रीमान घिमिरेलाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको हो ।
मादक पदार्थ सेवन गरी शुक्रबार श्रीमतीसँग सामान्य विवाद हुदा सुतीरहेको अवस्थामा श्रीमतीलाई मुङ्ग्रो प्रहार गरी हत्या गरी फरार रहेका घिमिरेलाई प्रहरीले बेलबारीको खाली ग्वालीमा बसिरहेको अवस्थामा फेला पारेको हो ।
उनी उपर ज्यान सम्बन्धी कसूरमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।




















