गोरखा – लायन्स क्लब अफ गोरखा कालिकाको अध्यक्षमा मिनादेवी श्रेष्ठ चयन भएकी छिन् । श्रेष्ठ सन २०२१/२०२२ को अध्यक्षमा चयन भएकी हुन् ।
सदरमुकाममा भएको भएको पद तथा माइन्यूट हस्तान्तरण कार्यक्रममा निर्बतमान अध्यक्ष रिता रेग्मीले श्रेष्ठलाई पद र माइन्यूट हस्तान्तरण गरिएको थियो ।
क्लबको प्रथम, द्वितिय र तृतिय उपाध्यक्षहरुमा कल्पना श्रेष्ठ, कमला श्रेष्ठ र शारदा खत्री चयन भएका छन् ।
त्यस्तै गरी सचिवमा सरिता मास्के र कोषाध्यक्षमा सन्तोषी जोशी चयन भएको क्लबले जानकारी दिएको छ । सामाजिक काममा सक्रिय क्लबले जिल्लाको विभिन्न स्थानमा माजिक कामहरु गर्दै आएको छ ।




















