गोरखा – लायन्स क्लब अफ गोरखाको अध्यक्षमा चन्दनबावु खत्री चयन भएका छन् । खत्री सन २०२१÷२०२२ को अध्यक्षमा चयन भएका हुन् ।
लायन्स क्लब अफ गोरखाको सचिवालयमा भएको पद तथा माइन्यूट हस्तान्तरण कार्यक्रममा निर्बतमान अध्यक्ष श्यामबावु श्रेष्ठले खत्रीलाई पद र माइन्यूट हस्तान्तरण गरेका थिए ।
क्लबको प्रथम, द्वितिय र तृतिय उपाध्यक्षहरुमा लक्ष्मणबावु आचार्य, भगवानबावु मास्के र सुजन कुवर चयन भएका छन् ।त्यस्तै गरी सचिवमा
अयोध्या जोशी र कोषाध्यक्षमा सन्देश मास्के चयन भएको क्लबले जानकारी दिएको छ । सामाजिक काममा सक्रिय क्लबले जिल्लामा आखाँ उपचार केन्द्र सञ्चालनमा ल्याएको छ ।




















