काठमाण्डौं – नोबल कोरोना भाइरस (कोभिड–१९)बाट शनिबार थप २ हजार ३२८ जनामा संक्रमण पुष्टि भएको छ ।
देशको विभिन्न प्रयोग शालामा गरिएको १० हजार १३३ जनाको नमुना परीक्षण थप २ हजार ३२८ जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि भएको हो । योसँगै नेपालमा संक्रमितको संख्या ६ लाख ८१ हजार १३६ पुगेको छ ।
त्यसैगरी २४ घण्टामा तीन हजार ६६ जनाले कोरोना जितेका छन् । योसँगै नेपालमा कोरोना जित्नेको संख्या ६ लाख ६६ हजार ६६ पुगेको छ ।
त्यस्तै गरी पछिल्लो २४ घण्टामा १९ जनाको मृत्यु भएको छ । यो सँगै कोरोनाले मृत्यु हुनेको संख्या ९ हजार १९८ पुगेको छ ।





















