एजेन्सी – अमेरिकाको होनोलुलुकोलागि उडेको २ जना पाइलट सवार बोइङ ७३७ कार्गो समुन्द्रमा झरेको छ ।
विमान होनोलुलुबाट माउइ टापुतर्फ गइरहेको बेला विमान इन्जिनमा समस्या उत्पन्न भएपछि केहीबेरमै समुन्द्रमा खसेको रोयटर्स समाचार संस्थाले जनाएको हो ।
तटरक्षक सुरक्षा फौजले दुवै पाइलटलाई उद्धार गरेको थियो । १ जना पाइलट भने जहाजको पुच्छर समातेर पानीमा तैरिरहेका अवस्थामा सुरक्षा फौजले उद्वार गरेको हो । ती पाइलटलाई क्वीन्स मेडिकल सेन्टरमा पुर्याएर सघन उपचार कक्षमा राखेर उपचार भई रहेको छ ।
टाउकोमा गम्भीर चोट लागेका अर्का पाइलटलाई डुङ्गामा राखेर समुन्द्र बाहिर निकालिएको थियो । भोइस रेकर्डिङमा एक पाइलटले एअर ट्राफिक कन्ट्रोललाई १ नम्बर इन्जिन बिग्रेको भनिरहेका थिए ।
द फेडरल एभियशन एडमिनिस्ट्रेशन र न्याशनल ट्रान्सपोर्टेशन सेफ्टी बोर्डले उक्त घटनाको अनुसन्धान गर्ने भएको छ ।




















