गोरखा – गोरखा बिहान फुङगी खोलाले बगाएका १ जना पुरुषको उपचारका क्रममा मृत्यु भएको छ । बिहान ९ः३० बजे आरुघाट गाउँपालिका १ श्यामचेतका किरण लामालाई फुङगी खोलाले बगाएको थियो ।
खोलाले बगाएर २० मिटर पर बगरमा अचेत अवस्थामा फेला परेको लामालाई आरुचनौटे स्वास्थ्य चौकी आरुघाटमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायव उपरिक्षक तथा सूचना अधिकारी प्रकाश दाहालले बताए ।
आरुघाट गाउँपालिकाको ३ स्थित फुुङ्गी खोला तर्ने क्रममा चिप्लिएपछि खोला बगाएका लामालाई स्थानियले देखेर उद्वार गरेका थिए ।
मतृकको शव पोष्टमार्टम पछी परिवारलाई बुझाइएको प्रहरीले जनाएको छ ।




















