गोरखा – उत्तरी गोरखाको फुङगी खोलाले आज बिहान १ जना पुरुषलाई बगाएको छ ।
आरुघाट गाउँपालिका ३ को सोती स्थित फुङगी खोला तर्ने क्रममा आरुघाट गाउँपालिका १ श्यामचेतका २६ बर्षिय किरण लामालाई खोलाले बगाएको हो ।
बिहान ९ः३० बजे खोला तर्ने क्रममा एक्कासी खुट्टा चिप्लीएर लामालाई २० मिटरसम्म बगाएर बगरमा पुरयाएको थियो । सोही बाटो हिडेका केही मानिसहरुले लामालाई बगरमा अचेत अवस्थामा फेला परी उपचारकोलागि आरुचनौटे प्रार्थमिक स्वास्थ्य केन्द्र आरुघाट ल्याइएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायव उपरिक्षक एवं सूचना अधिकारी प्रकाश दाहालले जानकारी दिए ।
लामाको अहिले आरुघाटमा उपचार भई रहेको छ ।




















