गोरखा – केही दिन देखीको अबिरल बर्षाका कारण गोरखाको बालुवा पुल र मान्द्रेको सडकमा क्षति पुरयाएको छ ।
जिल्लाको अजिकोट गाउँपालिका ४ को बालुवा पुल र बारपाक सुलिकोट २ को मान्द्रेको मुल सडकलाई बाढी पहिराले क्षति पुरयाएको हो । अहिले पुल र सडक भएर आउजाउ गर्न नसकिने गरी क्षति पुरयाएको छ ।
प्राप्त जानकारी अनुसार बालुवामा रहेको पक्की पुल बालुवा बजार तर्फको भागमा ३० मिटर सडक दरौदी नदीमा आएको बाढीले कटान गरेको छ । उत्त पुल जाईकाले केही बर्ष अगाडी मात्र निर्माण सम्पन्न गरेर नेपाल सरकारलाई हस्तान्तरण गरेको हो ।
त्यस्तै गरी बारपाक पुग्नकालागि प्रयोग गरिने मुख्य सडक अन्रतर्गत मान्द्रेमा सडक भासिदा सवारी आवत जावतमा समस्या आएको छ । मान्द्रेमा रहेको पक्की सडक अन्तरर्गतको ढलान र कच्ची सडक ५० मिटर जति क्षति पुरयाएको छ ।
दुवै क्षेत्रको पुल र सडक तत्कालै सञ्चालनमा ल्याउन सक्ने अवस्था नरहेको प्रमुख जिल्ला अधिकारी शालिग्राम शर्मा पौडेलले बताए ।
तस्बिर जिल्ला प्रहरी कार्यालय गाेरखा





















