मनाङ – गोरखाका २ पुरुष मनाङमा अबैध बन लसुन सहित पक्राउ परेका छन् ।
जिल्लाको धार्चे गाउँपालिका ५ गुम्दाका माइला गुरुङ र ७ लापुका जीतबहादुर गुरुङलाई मनाङ प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ परेका अभियुक्तहरुको साथबाट ३० किलो बनलसुन बरामद गरेको जिल्ला प्रहरी कार्यालय मनाङका प्रहरी नायब उपरीक्षक सुवास खड्का जानकारी दिए । बरामत गरिएको बनलसनु करिब ६ लाख रुपैयाँ बराबरको रहेको उनले बताए ।
शुक्रबार पक्राउ परेका गुरुङद्धयले नार्पाभूमिको नारका स्थानीयबाट प्रतिकिलो ४ हजार रुपैयाँका दरले किनेर ल्याएको प्रहरीसंगको बयानमा बताएको डिएसपी खड्काले बताए । बरामद गरिएको लुसन प्रति किलो १८ हजार रुपैयाभन्दा मंहगोमा बजारमा बिक्रि हुने गर्दछ ।
बरामद गरिएको वनलसुन र दुवै जनालाई थप अनुसन्धान र कारबाहीका लागि अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनालाई बुझाएको छ ।




















