गोरखा – गोरखाको गोहोरे भन्ने स्थानमा गए राती पहिरोले पुरिदा श्रीमान श्रीमतीको मृत्यु भएको छ ।
सिरानचोक गाउँपालिका ७ को श्रीनाथकोट गोहोरे भन्ने स्थानमा राती घर माथिबाट आएको पहिरोले घर पुरिदा ८० बर्षिय रमन पाण्डे र उनका श्रीमती ७० बर्षिया नन्दकुमारी पाण्डेको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गोरखाले पुष्टी गरेको हो ।
अबिरल बर्षा पछि रातीको समयमा आएको पहिरोले घर पुरिएको र घर भित्र रहेका श्रीमान श्रीमती समेत पुरिएको भन्ने जानकारी प्रहरीलाई प्राप्त हुनासाथै बिहानै ईलाका प्रहरी कार्यालय जौबारीबाट प्रहरी निरिक्षक सहितको टोली घटना स्थल पुगेर पुरिएका श्रीमान श्रीमतीको शव निकालिएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी प्रमुख प्रहरी उपरिक्षक शेखर खनालले जानकारी दिए ।
उद्वारमा स्थानियले समेत सक्रिय रुपमा सहयोग गरेको प्रहरी कार्यालय गोरखाले जनाएको छ ।
यसै बिच हिजै राती नै अजिरकोट गाउँपालिका ४ को बालुवा स्थित ११ किलो–छेवेटार–भालुस्वाराँ–बारपाक सडकको ३० मिटर जती भाग पानीले बगाएको छ ।
जिल्लामा जेठ अन्तिम साता देखी असार १८ गते रातीसम्म परेको पानीले अर्बौ रुपैयाँ सम्पती नष्ट भएको छ भने ३ जनाले ज्यान गुमाई सकेका छन् ।
तस्बिर जिल्ला प्रहरी कार्यालय गाेरखा























