गोरखा – गोरखामा आज थप ८ जनामा संक्रमण पुष्टी भएको छ । गोरखा नगरपालिका र आरुघाट गाउँपालिकामा गरी थप ८ जनामा संक्रमण देखिएको स्वास्थ्य कार्यालय गोरखाले पुष्टी गरेको हो ।
संक्रमण देखिएका मध्ये पीसीआर परिक्षणका क्रममा ७ जना र एन्टिजेन परिक्षणमा १ जनामा देखिएको कार्यालयले जनाएको छ ।
शुक्रबार संक्रमण देखिएका मध्ये आरुघाट गाउँपालिका मात्रै ७ जनामा देखिएको छ । पीसीआर परिक्षण गर्दा आरुघाट गाउँपालिकामा १ जना महिला र ६ जना पुरुषमा संक्रमण देखिएको हो ।
त्यस्तै गरी गोरखा नगरपालिका र शहिद लखनमा गरिएको एन्टिजेन परिक्षणका क्रममा गोरखा नगरपालिकामा १ जना पुरुषमा संक्रमण देखिएको हो । आज गोरखा नगरपालिकामा १ जना महिला र २ जना पुरुष तथा शहिद लखनमा १ जना महिलामा एन्टिजेन परिक्षण गरिएको कार्यालयले जनाएको छ ।
जिल्लाको विभिन्न स्थानिय तहमा शुक्रबार साँझ सम्ममा २७९ जना सक्रिय संक्रमित रहेका छन् ।




















