×
मङ्गलबार, साउन १२, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन तोलामा ४३ सयले घट्याे
  • ४ घण्टा अघि

साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
  • ७ घण्टा अघि

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
  • ९ घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ९ घण्टा अघि

आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना
  • ९ घण्टा अघि

चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु
  • १० घण्टा अघि

मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी
  • १० घण्टा अघि

धनगढीमा आत्मदाह प्रयास गरेकी युवतीको मृत्यु
  • १ दिन अघि

सुनसरीमा गएराती दुई पक्षबीचको झडप : अनिश्चितकालीन कर्फ्यु
  • १ दिन अघि

उत्कृष्ट कार्य गर्ने संघसंस्था र व्यक्ति वडा कार्यालयले गरयो सम्मान

  •  गोरखा समाचार
  • शुक्रबार, असार १८, २०७८ मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ

    गोरखा – गोरखा नगरपालिका ११ ले वडा भित्र उत्कृष्ठ कार्य गर्ने संघसंस्था र व्यक्तिहरुलाई आज सम्मान गरेको छ । वडा कार्यालयले वडा भित्रका जेष्ठ नागरिक, असल बुहारी, उत्कृष्ट कार्य गर्ने उपभोक्ता समिति, कृषि फर्म, खानेपानी उपभोक्ता समिति, समाजसेवी, खेलाडी लगायतलाई सम्मान गरिएको वडा अध्यक्ष रामबहादुर खड्काले बताए ।

    कार्यक्रमका प्रमुख अतिथी गोरखा नगरपालिकाका प्रमुख राजनराज पन्तले संघसंस्था र व्यक्तिहरुलाई सम्मान गरेका थिए । नगरप्रमुख पन्तले वडाभित्रका सवै भन्दा जेष्ठ नागरिक ९५ बर्षका आशाबहादुर तामाङ र ९४ बर्षका कृष्णकुमारी रानालाई सम्मान गरेको वडा कार्यालयले जनाएको छ ।

    त्यस्तै परिवारमा सासु ससुराको राम्रो हेरबिचार गर्ने ६ जना बुहारीलाई पनि सम्मान गरिएको छ । सम्मानित हुने उत्कृष्ट बुहारीहरुमा मिठ्ठु रिमाल, सानु आले, मुना ढकाल, समुन्द्र रेग्मी, संगिता बस्नेत र कृष्णकुमारी थापा रहेका छन् । उनीहरुलाई नगरप्रमुख पन्तले खादा र प्रमाण पत्रले सम्मान गरेका थिए ।

    वडा कार्यालयको चालु आर्थिक बर्षमा वडा भित्र उपभोक्ता समिति मार्फत सञ्चालित बिकासका आयोजना छिटोछरितो मापदण्ड पुरा गरि समयमा सम्पन्न गर्ने २ वटा उपभोक्ता समितिलाई पनि सोही कार्यक्रममा सम्मान गरिएको थियो ।

    वडा कार्यालयले तेह्रकिलो फुटपाथ निर्माण उपभोक्ता समिति, बिरिमकाली मन्दिर आलेगाउँ सडक निर्माण उपभोक्ता समिति र बराल धारा खानेपानी ट्याङी निर्माण उपभोक्ता समिति, बाह्रकिलो ढकाल गाउँ सिर्दिबाटो निर्माण समिति, बरभन्ज्याङ सामुदायिक निर्माण उपभोक्ता समिति र चौधकिलो कोरियन डाँडा सिर्दिबाटो निर्माण उपभोक्ता समितिलाई सम्मान गरिएको हो ।

    कार्यालयले वडा भित्र व्यवसायिक उत्पादनमा टेवा पुरयाउदै आएको ३ वटा कृषि फर्म, वडाभित्र उत्कृष्ट कार्य गर्ने ४ ओटा टोलबिकास संस्था, ३ वटा खानेपानी उपभोक्ता समिति, २ ओटा कृषि सहकारीलाई पनि सम्मान गरेको छ ।

    त्यस्तै वडा भित्र सामाजिक सेवाको क्षेत्रमा क्रियाशिल समाजसेवी देवेन्द्र भण्डारी, तुलसीप्रसाद देवकोटा, ट्याक्सी व्यवसायी समिति गोरखाका अध्यक्ष अमृत लामिछाने, वडा खेलकुद तथा नृत्यको क्षेत्रबाट बिभिन्न ठाउँमा भएका प्रतिस्पर्धामा बिजयी खेलाडी तथा कलकार र वडा भित्र भोलेन्टियर्स रुपमा कार्य गरि सामाजिक सेवाको क्षेत्रमा काम गर्दै आएका सामजिक मेलमिलापकर्ता सुनिता पौडेल, बलराम पन्त र राजन भट्टराईलाई पनि सम्मान गरेको छ ।

    सम्मान कार्यक्रममा बोल्दै नगरप्रमुख पन्तले सामाजिक परिवर्तनका लागि भूमिका खेल्ने सवैको उच्च सम्मान गर्न आफुहरु प्रतिबद्ध रहेको बताए । कार्यक्रम वडा अध्यक्ष खड्काको अध्यक्षतामा सम्पन्न भएको थियो ।

    लेखकबाट थप:

    • सुन तोलामा ४३ सयले घट्याे
    • साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    • असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
    • नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    • आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    शुक्रबार, असार १८, २०७८ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी
    गोरखाका मीनकुमार गुरुङविरुद्ध मुद्दा दायर
    गोरखामा बेबारिसे महिलाकाे शव फेला
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन तोलामा ४३ सयले घट्याे

    • २. साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’

    • ३. असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने

    • ४. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ५. आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    • ६. चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु

    • ७. मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी

    धेरै पढिएको
    • १. गोरखाका मीनकुमार गुरुङविरुद्ध मुद्दा दायर

    • २. गाेरखामा गाँजा सहित ३ जना नियन्त्रणमा

    • ३. गोरखामा बेबारिसे महिलाकाे शव फेला

    • ४. ट्याक्टर चलाइरहेका बेला चक्कर लागेर ढलेका गोरखाका एक ट्याक्टर चालकको प्रहरीद्धारा उद्धार

    • ५. जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.