काठमाण्डौं – नोबल कोरोना भाइरस (कोभिड–१९)बाट आज देशै भरमा ३ हजार ४५१ जनाले कोरोना संक्रमणबाट मुक्त हुदा थप २ हजार २९९ जनामा भने संक्रमण पुष्टि भएको छ ।
देशैभरको विभिन्न प्रयोगशालमा ६ हजार ५६६ जनाको पीसीआर र ४ हजार ३० जनाको एन्टिजेन गरी कुल १० हजार ५९६ नमूनामा शुक्रबार थप २ हजार २९९ जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टी गरेको हो ।
शुक्रबार सम्म नेपालभरी संक्रमण मुक्त हुनेको संख्या ६ लाख ३ हजार ६०० पुगेको छ भने संक्रमितहरुको कुल संख्या ६ लाख ७८ हजार ८०८ जना पुगेको छ ।
पछिल्लो २४ घन्टामा कोरोना संक्रमणबाट थप ३४ जनाको मृत्यु भएको छ । यो सहित कोरोनाबाट मृत्यु हुनेको संख्या ९ हजार १७९ पुगेको मन्त्रालयले जनाएको छ ।





















