गोरखा – जिल्ला कोभिड ब्यवस्थापन समितिले गोरखा जिल्लामा लगाएको निषेधाज्ञा सातौं पटक थप गरी असार २९ गते सम्म लम्बाएको छ । तर बैठकले सार्वजनिक यातायात भने जिल्ला भित्र सञ्चालन गर्न पाउने गरी खुल्ला गरेको छ ।
जिल्ला प्रशासन कार्यालय गोरखा शुक्रबार बसेको समितिका अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी शालिग्राम शर्मा पौडेलेको अध्यक्षतामा बसेको बैठकले दोस्रो लहरको कोरोना संक्रमण देखिए संगै गएको बैशाख २२ गतेदेखी गरेको निषेधाज्ञा सातौं पटक थप गरी असार २९ गते राती १२ः०० बजे सम्मकोलागि लागु गरेको हो ।
बैठकले निजी तथा सार्वजनिक यातायातलाई आउदो आइतबार देखी जिल्ला भित्र सञ्चालन हुन खुल्ला गरेको छ । बैठकले ‘निजी तथा सार्वजनिक सवारी साधानहरुले सवारी साधान सञ्चालन गर्दा स्वीकृत सिट क्षमता भन्दा बढी यात्रु नराख्ने ब्यवस्था मिलाउने’ भनिएको छ सवारी भने अनिबार्य स्वास्थ्य मापदण्ड पालना गर्न भनिएको छ ।
तर निर्णयमा के कति क्षमताको सवारी साधानमा के कति जनाले यात्रा गर्न पाउने हो भन्ने बिषयमा भने स्पष्ट पारीएको छैन ।
समितिले आज गरेको निर्णयहरु






















