×
मङ्गलबार, साउन १२, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन तोलामा ४३ सयले घट्याे
  • २ घण्टा अघि

साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
  • ५ घण्टा अघि

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
  • ७ घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ७ घण्टा अघि

आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना
  • ७ घण्टा अघि

चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु
  • ७ घण्टा अघि

मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी
  • ८ घण्टा अघि

धनगढीमा आत्मदाह प्रयास गरेकी युवतीको मृत्यु
  • १ दिन अघि

सुनसरीमा गएराती दुई पक्षबीचको झडप : अनिश्चितकालीन कर्फ्यु
  • १ दिन अघि

मुख्यमन्त्री र टेवान बिच भेटबार्ता

  •  गोरखा समाचार
  • शुक्रबार, असार १८, २०७८ मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ

    पोखरा – पर्यटन व्यवसायी महिला संघ नेपाल (टेवान)ले कोरोना प्रभावित पर्यटन व्यवसायको पुनरुत्थानका सम्बन्धमा छ बुँदे माग सहित गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलको ध्यानाकर्षण गराएका छन् ।

    टेवानका तर्फबाट मुख्यमन्त्री पोखरेललाई ध्यानाकर्षण पत्र बुझाउँदै अध्यक्ष रेनु थापाले पर्यटकीय गन्तव्य पोखरा र यसलाई केन्द्रविन्दु मानी समग्र गण्डकी प्रदेशमा पर्यटन क्षेत्रमा गरिएको पाँच खर्ब रुपैयाँ भन्दा बढी लगानी कोरोनाका कारण प्रभावित भएको बताए । बिगत २ वर्षदेखि कोभिड–१९ को महामारीले पर्यटन व्यवसाय प्रभावित बन्दै करिब शुन्यको आकारमा झरेको टेवानको ध्यानाकर्षण पत्रमा भनिएको छ ।

    गण्डकी प्रदेशको पर्यटनमा भएको लगानी र रोजगारलाई बचाउन तीनवटै तहका सरकारबाट विभिन्न राहत कार्यक्रम घोषणा भएपनि सरकारी मापदण्ड लगायतका कारणबाट कार्यन्वयनमा आउन र सहज हुन नसकेको जनाइएको छ । घोषित सुविधा एवम् प्याकेज पनि व्यवसायीले सहज रुपमा पाउन नसकेको र मझौला र साना व्यवसायीलाई यसले झनै अप्ठेरोमा पारेको ध्यानाकर्षण पत्रमा उल्लेख छ ।

    सरकारबाट ल्याइएका व्यवसाय पुनरुत्थान कार्यक्रम तथा सेवा सुविधाको कार्यान्वयन पक्ष सुस्त गतिमा बढ्दा व्यवसायी नै पलायन हुने र निरुत्साहित हुने क्रम बढ्दै गईरहेको भन्दै टेवानले पर्यटन व्यवसायको पुनरुत्थानका लागि छ बुँदे माग अघि सारेको छ ।

    पर्यटन व्यवसायमा अग्रपंक्तिमा खटिने व्यवसायी तथा मजदुरलाई अनिवार्य कोरोना विरुद्धको खोपको व्यवस्था गर्न माग गरेको छ । गण्डकी प्रदेश सरकारबाट गतवर्ष ल्याइएको एकअर्ब रुपैयाँको व्यवसाय जीवन रक्षा कोषबाट हाल पाँच प्रतिशत व्यवसायीले पनि ऋण नपाएको अवस्थामा सो कोषको रकमलाई सहुलियतकर्जा स्वरुप यथाशिघ्र सबै व्यवसायीलाई सहज रुपमा प्रदान गर्ने गरि नीतिगत रुपमा पहल गरिदिन र उक्त कोषलाई आगामी आर्थिक वर्षमा बढाएर दुई अर्ब रुपैयाँ पु¥याई कार्यन्वयनमा सहजीकरण गरिदिन माग गरिएको छ ।

    व्यवसायीले प्रयोग गर्दै आएका पर्यटकबाहक सवारी (हरियो नम्बर प्लेट) को वार्षिक सवारी कर तथा नवीकरण शुल्क एवम् बीमा रकम आदिमा छुट प्रदान गर्न माग गरिएको छ ।

    प्रदेशमा सञ्चालित अधिकांश पर्यटन व्यवसाय प्रदेश सरकारको मातहतको पर्यटन कार्यालय पोखरामा दर्ता हुने उल्लेख गर्दै ती व्यवसायीले पर्यटन कार्यालय पोखरामा गर्नुपर्ने नवीकरण शुल्क, धरौटी रकम आदिमा छुट दिन टेवानले अनुरोध गरेको छ । महिला पर्यटन व्यवसायीलाई प्रोत्साहन र सशक्तिकरणका लागि महिला पर्यटन व्यवसाय लक्षित कार्यक्रम ल्याउन माग गरिएको छ ।

    कोरोनाबाट अतिप्रभावित पर्यटन व्यवसायीले आगामी दुई वर्षसम्म कर्जाको किस्ता (साँवा तथा ब्याज) तिर्न सक्ने अवस्था नरहेको भन्दै टेवानले नेपाल राष्ट्र बैंकले बनाउदै गरेको मौद्रिक नीतिमा कोभिड–१९ बाट अतिप्रभावित पर्यटन उद्योगको हकमा कर्जालाई पुनर्तालिकीकरण गरि ब्याज र सावाँ तिर्ने म्याद दुई वर्ष पछिसम्म सार्ने पहल गरिदिन समेत अनुरोध गरिएको छ ।

    लेखकबाट थप:

    • सुन तोलामा ४३ सयले घट्याे
    • साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    • असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
    • नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    • आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    शुक्रबार, असार १८, २०७८ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन तोलामा ४३ सयले घट्याे
    साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन तोलामा ४३ सयले घट्याे

    • २. साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’

    • ३. असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने

    • ४. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ५. आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    • ६. चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु

    • ७. मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी

    धेरै पढिएको
    • १. गोरखाका मीनकुमार गुरुङविरुद्ध मुद्दा दायर

    • २. गाेरखामा गाँजा सहित ३ जना नियन्त्रणमा

    • ३. गोरखामा बेबारिसे महिलाकाे शव फेला

    • ४. ट्याक्टर चलाइरहेका बेला चक्कर लागेर ढलेका गोरखाका एक ट्याक्टर चालकको प्रहरीद्धारा उद्धार

    • ५. जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.