गोरखा – गोरखामा आज थप २ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । जिल्लाको गोरखा नगरपालिका, गोरखा अस्पताल र धार्चे गाउँपालिकामा गरी ७ जनामा संक्रमण देखिएको स्वास्थ्य कार्यालय गोरखाले पुष्टी गरेको हो ।
संक्रमण देखिएका मध्ये २ जना पीसीआर परिक्षणबाट र ५ जना एन्टिजेन परिक्षणका क्रममा देखिएको कार्यालयले जनाएको छ ।
आज गोरखा अस्पतालमा गरिएको एन्टिजेन परिक्षणमा २ जना महिला र १ जना पुरुष तथा गोरखा नगरपालिका क्षेत्र भित्र गरिएको एन्टिजेन परिक्षणमा २ जना पुरुषमा संक्रमण देखिएको छ । त्यस्तै गरी धार्चे गाउँपालिकामा पीसीआर परिक्षणका क्रममा २ जना पुरुषमा संक्रमण देखिएको छ ।
कार्यालयले आज उपलब्ध गराएको रेकर्ड अनुसार गोरखा नगरपालिकामा १ जना पुरुष र ४ जना महिला, गोरखा अस्पतालमा ६ जना महिला र ९ जना पुरुष, आरुघाटमा १ जना पुरुष र अजिरकोटमा १ जना महिला र ४ जना पुरुषमा एन्टिजेन परिक्षण गरिएको थियो । यि सबै स्थानमा ८ महिला र १८ पुरुष गरी २६ जनाको एन्टिजेन परिक्षण गरिएको थियो ।
त्यस्तै गरी आजै धार्चे गाउँपालिकामा १६ जना महिला र १० जना पुरुषको पीसीआर संकलन गरिएको स्वास्थ्य कार्यालय गोरखाले जानकारी दिएको छ ।
जिल्लाको विभिन्न स्थानिय तहमा बिहीबारसम्म ३०० जना सक्रिय संक्रिमत रहेका छन् ।
गोरखामा बिहीबार थप ७ जनामा कोरोना संक्रमण पुष्टी
गोरखामा बिहीबार थप ७ जनामा कोरोना संक्रमण पुष्टी
- अ
- अ
- अ
गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु




















