काठमाण्डौं – सशस्त्र प्रहरि परिवार महिला संघले आफ्नो २० औं बार्षिकोत्सबको अबसर पारेर बिभिन्न संघ संस्थालाइ सहयोग गरेको छ ।
संघले बिहिबार काठमाडौ रानिबन स्थित मानब सेवा आश्रमलाइ एक कार्यक्रमको आयोजना गरि नगद २ लाख प्रदान गरेको हो ।
रकम संघकी अध्यक्ष सरिता कडेल खनालले आश्रमका सचिब सुमन बर्तौलालाइ हस्तान्तरण गरेकी थिइन । संघले आजै पशुपति क्षेत्र वरपर बस्ने असहाय परिवारका करिब १०० जना बालबालिकाहरुलाई निःशुल्क खाना तथा शिक्षाको व्यवस्था गर्दै आईरहेको बाल सारथी एकेडेमी तिलगंगालाई आवश्यक पाठ्यपुस्तक खरिद गर्नका नगद १ लाख हस्तान्तरण गरेको छ ।
उत्त रकम संघकी कोषाध्य सावित्रा कुमारी जैसीले सो एकेडेमिका अध्यक्ष डा.माला खरेललाइ प्रदान गर्नु गरेकी हुन ।




















